काठमाडौँ,२३ जेठ ।आज थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले २७८ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ ।
आज डिस्चार्ज हुने ४३ जना सहित डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ ।