Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदुरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, जेष्ठ २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी, २३ जेठ । सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । सेती प्रादेशिक अस्पातलका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पोजिटिभ भएको हो।

    सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार डडेल्धुराका ५ र कैलालीका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ ।

    सुदूरपश्चिमका ९२ जना संक्रमितमध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने १ जना संक्रमितको मृत्यु भइसकेको छ । बझाङ र बाजुराका १ र १ संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । अहिलेसम्म सुदूरपश्चिममा ७ जना कोरोना जितेर घर फर्किएका छन् ।

    प्रदेशमा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित देखिएका छन् । कैलालीमा ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै अछाममा १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार