Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषध ब्राउन सुगरसहित एम्बुलेन्स नियन्त्रणमा


    शुक्रबार, जेष्ठ २३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, २३ जेठ । प्रहरीले तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

    प्रहरीले कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राति जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निवासी २३ वर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निवासी १७ वर्षीया दिपा थपा रहेका छन्।

    उनीहरूको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। उनीहरुले नक्कली बिरामी खडा गरेर एम्बुलेन्समा कोहलपुर पुगेर ब्राउन सुगर खरिद गरेर आएको खुल्न आएको छ।

    ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख शिवबहादुर सिंहले लागु औषध सहित एम्बुलेन्स समातिएको र थप अनुसन्धान भइरहेको बताए। उनीहरूको म्याद थपका लागि जिल्ला अदालत लगिएको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार