Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युएईको सारजहा विमानस्थलमा १४६ जना नेपाली पुगे


    शुक्रबार, जेष्ठ २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २३ जेठ । युएईको सारजहा विमानस्थलमा १४६ जना नेपाली पुगेका छन् ।सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरे अनुरुप यूएईका उनीहरु स्वदेश फिर्तीको आशासहित विमानस्थल पुगेका हुन् ।

    नेपाली समय अनुसार शुक्रबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट विमान उड्ने बताइए पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकारीका अनुसार विमान भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो ।

    ‘अहिले समझदारी भइसकेको छ र यूएईमा नेपालीको बोर्डिङ पास पनि भइसकेको छ’, उनले अनलाइनखबरसँग भने ।

    इजादा फयासिलिटी म्यानेजमेटमा कार्यरत ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा छन् । उनीहरु सबैले बोर्डिङ पास लिएर उडानको प्रतीक्षामा रहेको नेपाल फर्कने तयारीमा रहेका लमजुङका देवराज गुरुङले अनलाइनखबरलाई बताए ।

    बोर्डिङ पासमा उनीहरुको उडान युएईको समयअनुसार १०ः४५ मा हुने भनिएको छ । तर, उनीहरुको अहिलेसम्म स्वास्थ्य जाँच भइसकेको छैन ।

    यसअघि यूएई सरकारले आफ्नै खर्चमा एयर अरेवियामार्फत १ सय ६८ सिट क्षमताको विमान नेपाल पठाउने जनाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार