Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


    शुक्रबार, जेष्ठ २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेपालमा कोरोना संक्रमणका कारण सुर्खेतमा अर्का एक ब्यक्तिको मृत्यु भएको छ । विहीबार विहान करिव २ बजे मृत्यु भएका पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जेठ पहिलो साता भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

    योसँगै कोरोनाका कराण नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । मुम्बईबाट आएर दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका उनको बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

    बुधबार राती घर पुगेका उनको विहीबार विहान मृत्यु भएको थियो । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा १–१ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार