रौतहट, २२ जेठ । रौतहटमा बिहिबार थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको हो।
कार्यालयका अनुसार संक्रमितहरू इशनाथ गाउँपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरपालिकाका ७, र फतुवा विजयपुर, चन्द्रपुर, दुर्गा भवानी र माधवनारायणका एक–एक जना छन्।
योसँगै रौतहटमा मात्र संक्रमितको संख्या ३८३ पुगको छ।