Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य सेवा बिभागका महानिर्देशक फेरिए, डा. सिंहलाई जिम्मेवारी


    बिहिबार, जेष्ठ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बिभागको महानिर्देशक परिवर्तन गरेको छ । डा. दीपेन्द्ररमण सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएको छ । बुधबारको निर्णयका आधारमा उनी महानिर्देशक भएका हुन् । बिभागको महानिर्देशक महेन्द्र श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ ।

    त्यस्तै ब्यबस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालयमा तानिएको छ । महाशाखाको प्रमुखको जिम्मेवारी डा. रमेश खरेललाई दिइएको छ । बिभागका महार्निदेशक श्रेष्टले स्वास्थ्य सामाग्री खरिदमा सरकारलाई बिवादमा पार्ने काम गरेका कारण उनको सरुवा भएको स्रोत बताउँछ । ओम्नी ग्रुप लगाएत ओम सर्जिकलसँग स्वास्थ्य सामाग्री खरिदमा बिभागका महार्निदेशक श्रेष्टले सरकारलाई बिवादमा पार्ने काम गरेकम थिए । स्वास्थ्य मन्त्रालयले प्रसुती गृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानेको छ । गौतमले प्रसुती गृहमा रहँदा धेरै सुधार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार