Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशमा रहेका नेपाली भोलिदेखि स्वदेश फर्काइने


    बिहिबार, जेष्ठ २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २२ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिक भोलिदेखि स्वदेश फर्कन पाउने भएका छन् । सरकारले विदेशमा रहेका नेपालीलाई भोलिदेखि ल्याउने काम सुरु गर्न लागेसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्कन लागेका हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जेठ २३ गते दुई देशबाट नेपाली ल्याएर जहाज आउने भएको बताएका छन् ।

    विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार म्यानमार र संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याएर जहाज आउने तालिका रहेको छ।

    ‘अरु सबै विवरण नेपाली सेनासँग रहेको छ। हामीलाई भोलि म्यानमार र युएईबाट उडान हुँदैछ भन्ने जानकारी छ। यी उडानबाट नेपाली पनि आउने छन्,’ केसीले भने।

    कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) स्रोतका अनुसार युएईबाट फ्लाई दुबईले २ सय ३१ नेपाली ल्याएर भोलि आउनेछ। त्यस्तै म्यानमारबाट २६ जना आउने भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार