Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लघंनबारे उच्चस्तरीय समितिमा जानकारी गराइने


    बिहिबार, जेष्ठ २२ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २२ जेठ । काठमाडौँ उपत्यकामा भएको लकडाउन उल्लघंनबारे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोभिड–१९–सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेका छन् ।

    बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा यसबारे छलफल भएको थियो ।पछिल्लो समय काठमाडौं उपत्यकामा व्यवसायीहरुले आफूखुसी पसल खोलेको समस्याबारे उच्चस्तरीय समिति र सीसीएमसीलाई जानकारी गराउने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले लकडाउन कडा वा खुकुलो बनाउने आफूहरुको क्षेत्राधिकार नभएको बताए । उनले भने, ‘हामी कार्यान्वयन गर्ने निकाय हौं । सरकारले नयाँ निर्णय नगर्दासम्म पुरानो निर्णय कार्यान्वयन गराउँछौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार