Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय चर्चित साइकल ब्राण्ड कोरोनाका कारण बन्द


    बिहिबार, जेष्ठ २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ जेठ । वित्तीय समस्या देखाउँदै भारतको चर्चित भारतीय साइकल ब्राण्ड एटलस साइकलले बुधबारदेखि आफ्नो सबै उत्पादन बन्द गरेको छ । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएको नाकाबन्दीपछि आर्थिक दबाब खेप्न नसक्ने भएपछि बुधबारदेखि कम्पनीले आफ्नो सबै उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

    एक विज्ञप्ति जारी गर्दै कम्पनीले अहिले वित्तीय समस्याको कारण कम्पनीको उत्पादन शुरु गर्न सकिने अवस्था नरहेको बताएको छ । यसअघि कम्पनीले सोही समस्याको कारण आफ्नो सहिबाबाद एकाइ बन्द गरेको थियो ।

    भारतको हरियाणामा रहेको कम्पनीले सन् १९५१ मा साइकल उत्पादन शुरु गरेको थियो । सन् २०१४ र २०१८ मा गरी कम्पनीका दुई एकाइ यसअघि नै बन्द भइसकेका थिए । सन् २०१४ को डिसेम्बरमा कम्पनीले आफ्नो मध्य प्रदेशमा रहेको मलानपुरको एकाइ बन्द गर्ने निर्णय गरेको थियो ।

     

    त्यस्तै सन् २०१८ मा सोनिपटको एकाइ बन्द भएको थियो । त्यसपछि कम्पनीको एउटा एकाइ मात्र सञ्चालनमा थियो ।

    बुधबारदेखि कम्पनीका सबै कर्मचारीले छुट्टी पाएका छन् । एक आकलन अनुसार यो कम्पनीमा सात सय कर्मचारी छन् । जसमध्ये चार सयले प्रत्यक्ष र तीन सयले कम्पनीबाट अप्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार