Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा कोरोना संक्रमितको संख्या ८० हजार ४८३ पुगेकोछ


    बिहिबार, जेष्ठ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ।

    पाकिस्तानमा संक्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन्।  पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ। 

    पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन्।

    संक्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन्।रासस /इस्लामावाद

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार