Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमणबाट नवौँ ब्यक्तिको मृत्यु


    बुधबार, जेष्ठ २१ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

    मृतक जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।
    त्रिवि शिक्षण अस्पतालमा सारिएका र आईसीयुमा उपचार भइरहेका उनको उपचारका क्रममा मृत्यु भएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार