Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनको मौका छोपी भटाभट तस्करी


    बुधबार, जेष्ठ २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • हरि पराजुली र प्रेम खत्री

    बीरगंज । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देशभरि लकडाउन भएको बेलामा पनि पर्साका विभिन्न नाकाबाट भने ठूलो मात्रामा तस्करी भइरहेको समाचार प्राप्त भएको छ ।

    सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बन्जारीका निरीक्षक हरिबहादुर पराजुली र नेपाल प्रहरी भिस्वा चौकीका इन्चार्ज सई प्रेम खत्रीको सेटिङमा तस्करी भइरहेको छ । पराजुली र खत्रीसँग सेटिङ गरी पर्साका नामुद तस्करहरुले भिस्वा चौकीको मुख्य बाटो भई भारतबाट लकडाउनको बेलामा रातिको समयमा नेपालमा अभाव भएका सूर्ती, रजनीगन्धा, राजनिवास, पानपराग, लत्ताकपडा, हार्डवेयर, भैंसी लगायतका समानहरु भारतबाट नेपालतर्फ भित्र्याउँछन् । नेपालबाट छोकडा, मरीच, गिट्टी, बालुवा, मदिरालगायतका समानहरु भारतमा लाने गरेका छन् । तस्करीको काम राति राति हुँदैआएको छ । रातिको समयमा सशस्त्र र प्रहरीका दुबै निरीक्षकले आफैं स्कर्टिङ गरी तस्करी गराउँदै आएका छन् ।

    त्यस्तै पर्साको ग्रामीण भेगको सशस्त्र प्रहरी बल बिओपी भिखमपुरका निरीक्षक निरन्जन नाञ्जुको मिलोमतोमा रातिको समयमा बिओपी र चौकीको मुख्य बाटो भई भारतबाट सूर्ती र राजनिवास, रजनीगन्धा, कपडा, हार्डवेयर लगायतका सामानहरु भित्र्याँउँछन् भने नेपालबाट छोकडा र रक्सी, मरीच भारततर्फ ठूलो मात्रामा तस्करहरुले तस्करी गरिरहेका छन् ।

    उक्त तस्करीको सामान भारतीय सीमा क्षेत्र सिक्टा, इनार्वा, भंगाहासम्म रक्सी पुग्दैछ । तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरीको नाममा र सशस्त्र प्रहरीको नाममा ५–५ लाख रूपैयाँ छुट्याइएको र त्यो रकम जिल्लाका दुईवटा एसपीको र डिआईजीको नाममा समेत माग्ने गरेको समेत खुलेको छ ।

    तस्करीको लाइन दिने र तलदेखि माथिसम्मको जिम्मा लिने जानकीटोला चौकीका इन्चार्ज अर्जुन अधिकारी र भिस्वाका इन्स्पेक्टर हरिबहादुर पराजुली हुन् ।
    सशस्त्र प्रहरी भिस्वाका प्रहरी निरीक्षक हरिबहादुर पराजुली बन्जारी बिओपीमा यो दोस्रोपटक बस्दै आएका हुन् । सशस्त्र प्रहरीको नियममा एक चोटी कुनै बिओपीमा गएपछि फेरि अर्कोपल्ट त्यो बिओपीमा जाने नपाउने भए पनि आफू डिआईजी र आईजीपीको खास मान्छे भएकै कारण दोस्रोपटक आएको तस्करहरुलाई बताउँदै डिआईजीको नाममा पैसा असुल्दै आएका छन् ।

    तस्करहरुले मोटरसाइकल, टेम्पो र पिकअप गाडीबाट नाका कटाउने काम गर्दैआएका छन् । पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेटिङमा सीमा कटाइन्छ । यस्तो तस्करी दैनिक हँुदै आएका छ । यस्ता इन्चार्जहरुका कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठन नै पूरा बदनाम हुँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार