Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीको क्वारेन्टाइनमा भारतबाट फर्केकी युवतीको मृत्यु


    बुधबार, जेष्ठ २१ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ जेठ । बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

    मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए ।स्वास्थ्य शाखा प्रमुखका अनुसार उनी १८ गते क्वारेन्टाइनमा आएकी थिइन । हिजो राति करिब २ बजे उनको एक्कासी मृत्यु भएको हो ।मृतक महिला , उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलनको तयारी भइरहेको कुँवरले जानकारी दिए ।उनका अनुसार उनी यही जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् ।

    मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    आर्थिक समस्याका कारण बिगत केही दिनदेखि औषधि सेवन नगरेको उनी बताउँछन् ।नियमित औषधि सेवन नगर्दा मृत्यु भएको अनुमान गरिए पनि मृत्युको कारण त्यही हो भन्न नसकिने भट्टले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार