Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाइप्रोफाइल जुवाडेको हिरासतमै बास, कोरोना त्रास देखाउँदै छुट्ने प्रयास असफल


    बुधबार, जेष्ठ २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नन्दकिशोर शर्मा, रामचन्द्र संघाई र अशोककुमार अग्रवाल

    काठमाडौं । कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलबाट सोमबार राति जुवा खेल्दाखेल्दै पक्राउ परेका ७ ब्यापारीको मंगलबार राति हाजिर जमानीमा छुट्ने प्रयास असफल भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मंगलबार अनुसन्धानका लागि ५ दिन म्यादथप गरे पनि उनीहरुलाई कोरोना भाइरस संक्रमणको कारण देखाउँदै छाड्ने तयारीमा महानगरीय आयुक्त डीआइजी विश्वराज पोखरेलदेखि विभिन्न शक्तिकेन्द्रहरु लागेका थिए । कोरोना त्रास देखाउँदै उनीहरुलाई दैनिक हाजिर हुनेगरी छाड्न खोजिएको थियो । तर हाइप्रोफाइल मारवाडी ब्यापारीको त्यो योजना साकार हुन सकेन । उनीहरु मंगलबार पनि हिरासतमै बस्न बाध्य भएका छन् ।

    दरबारमार्ग प्रहरी बृत्तका डीएसपी रन्जन दाहालले जुवाडेहरु नछुटेको प्रतिक्रिया दिएका छन् । दाहालले भने, जिल्ला प्रशासन कार्यालय काठमाडौेंले अनुसन्धानका लागि ५ दिन म्यादथप गरेकाले हिरासतमै छन् ।

    क्यासिनोकै जस्तो सिक्का प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा सोमबार राति प्रहरीले एनआइसी एसिया बैंकका संचालक रामचन्द्र संघाई, लाइफ इन्स्योरेन्स कम्पनीका संचालक तथा विशाल गु्रपका एमडी अशोककुमार अग्रवाल, ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मालाई पक्राउ गरेको थियो ।
    त्यसैगरी ब्यापारीहरु विमल खेतान, विमल अउजा,सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए ।

    पक्राउ परेका एनआईसी बैंकका संचालक रामचन्द्र संघाई र लाइफ इन्स्योरेन्स कम्पनीका संचालक अशोक अग्रवाललाई छुटाउन महानगरीय आयुक्त विश्वराज पोखरेलले राति नै दबाब दिएका थिए । तर महानगरीय प्रहरी परिसरले हल्ला भइसकेकाले प्रहरीको बदनाम हुने भन्दै राति छाड्न मानेन । मंगलबार उनीहरुको ५ दिन म्यादथप भएको थियो ।

    एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले संचालक रामचन्द्र संघाई र अशोक अग्रवाललाई छुटाउनका लागि डीआइजी विश्वराज पोखरेलसँग बारम्बार भेट्न पुगेका थिए । कोरोना महामारी फैलिएपछि सरकारले घोषणा गरेको लकडाउनमा एनआइसी एसिया बैंकले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) फन्डबाट १२ लाख रुपैयाँको चामल डीआइजी पोखरेललाई दिएको थियो डीआइजी पोखरेलले त्यो चामल बाँडेर चर्चा धेरै नै बटुल्न खोजेका थिए । तर प्रहरी प्रधान कार्यालयले प्रहरीको काम चामल बाँड्ने होइन भनेर रोक लगाएको थियो । बैंकले दिएको चामल विभिन्न आश्रममा आफैंले दिएको जस्तो गरी उनले बितरण गरेको बिषयमा प्रहरी आलोचित भएपछि हेडक्वाटरले रोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार