Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडाैं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी


    मंगलबार, जेष्ठ २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ, २० जेठ । काठमाडौं मेडिकल कलेज  सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो।उनले सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिए।

    केएमसीका ४ स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण पुष्टी भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार