Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाइप्रोफाइल जुवाडेको ५ दिन म्यादथप, कोरोनाको बहानामा प्रहरीबाट छाड्ने तयारी


    मंगलबार, जेष्ठ २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • अशोक अग्रवाल र रामचन्द्र संघाई

    काठमाडौंं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ गरेका भीआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न दिएको छ ।

    दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रसासन कार्यालयले पाँच दिनको म्याद दिएको हो ।

    प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

    उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्यादथप गरे पनि कोरोना संक्रमणको कारण देखाएर छाड्न प्रहरी परिसरमाथि दबाब परेको छ । एनआइसी बैंकका सीईओ रोशन न्यौपानेले महानगरीय आयुक्त कार्यालयका डीआइजी विश्वराज पोखरेललाई सोमबार राति नै भेटेर संघाई सहितका ब्यापारीलाई छाड्न अनुरोध गरेका थिए । संघाई एनआइसी एशिया बैकका संचालक हुन् । उनले गतबर्ष प्रधानमन्त्री केपी ओलीको हातबाट सीआइपी सम्मान पाएका थिए ।

    हाईप्रोफाइल जु्वाडेको नालीबेली

    कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ क्यासिनोको जस्तै क्वाइन र पैसासहित पक्राउ परेका हाइप्रोफाइल जुवाडेहरुमध्ये अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक हुन् । उनी नेपालका लागि गिनी नामक देशका अवैतनिक बाणिज्यदूत पनि हुन् । 

    त्यस्तै जुवाखालमा पक्राउ परेका अर्का ब्यापारी हुन्, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा । उनीसँगै उनका छोरी ज्वाई तथा बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन् । उनले सो होटलमा खासगरी मारवाडी समुदाय र धनाढ्यहरुका लागि जुवा खेलाउँदै आएका थिए । जुन जुवामा भेटिएका क्वाइनका कारण उक्त अखाडामा करोडौंको जुवा खेल हुने गरेको प्रहरी अनुमान छ ।

    त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति सूर्या लाइफ इन्स्योरेन्सका संचालक सुरेश अग्रवाल हुन् । उनका छोरा बिशाल अग्रवालले भने बिशाल ग्रुप अन्तर्गतका कम्पनीहरु हेर्दै आएका छन् । प्रहरीले सोमबार जुवाअखाडामा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

    उनीहरुलाई म्याद थपका लागि दरबारमार्ग प्रहरी बृत्तले प्रक्रिया थालेको छ । उनीहरुलाई छुटाउन पुर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठ सक्रिय भएर लागेका छन् । बिशाल ग्रुप अन्तर्गतको यूनाइटेड डिस्ट्रिव्यूटर नेटवर्कमा काम गर्छन् पूर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठ । आफूलाई गृहमन्त्रीको सल्लाहकार बताएर उनले पक्राउ परेका भीआईपी व्यापारीलाई छुटाउन चलखेल गरेका छन् ।

    पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

    डीआइजी पोखरेलको एनआइसी कनेक्सन

    हाइप्रोफाइल जुवाडेलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा चल्नसक्ने भए पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलको ठूलो दबाब रहेका कारण प्रहरी पछि हटेको स्रोतको दाबी छ ।

    एनआईसी एसिया बैंकका संचालक संघाईसहितलाई छुटाउन सोमबार भेटेका सीईओ न्यौपानेलाई डीआइजी पोखरेलले सक्दो पहल गर्ने बताएका थिए । एनआइसी बैंकले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) बाट १२ लाख रुपैयाँको चामल दिएको थियो । जुन चामल डीआइजी पोखरेलले आफ्नै स्रोतबाट दिएको जसरी अनाथालयदेखि विभिन्न आश्रममा बितरण गरेका थिए । त्यही भएर पनि सीईओ न्यौपानेले पोखरेलसँग संघाई र अग्रवाल छुटाउनका लागि अनुनय विनय गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार