Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीआइपी जुवाडे छाड्न डीआइजीको चलखेल


    मंगलबार, जेष्ठ २० २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रोशन न्यौपाने र बिश्वराज पोखरेल 

    काठमाडौं,२०जेठ । कमलादीस्थित गणगौंर बुटिक होटेलबाट सोमबार साँझ क्वाइन र पैसा सहित पक्राउ परेका भिआइपी जुवाडेहरुलाई म्याद थपका लागि प्रहरीले प्रक्रिया थालेको छ ।

    दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत  मुद्दा चलाउनका लागि जिल्ला प्रसासन कार्यालय काठमाडौंमा लैजान लागिएको हो।

    उनीहरुमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा चल्न सक्ने भए पनि महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलको ठुलो दबाब रहेका कारण प्रहरी पछि हटेको स्रोतको दाबी छ। उनीहरुलाई हिजै छुटाउन पोखरेलले दबाब दिए पनि परिसरले नमानेको स्रोतको दाबी छ। एनआईसी एसियाका बैकका सिईओ रोशन न्योपाने सोमबार राती नै जुवाडे संघाईहरुलाई छुटाउन डीआजी पोेखरेललाई भेट्न पुगेका थिए । न्यौपानेले भेटेपछि पोखरेलले काठमाडौ परिसरका एसएसपी श्याम ज्ञवालीलाई संघाई सहितका ब्यापारीलाई छाड्न दवाब दिएका थिए तर ज्ञवालीले उनीहरुलाई छाड्न मानेन् । र,आज उनीहरुलाई १० बजेनै काठमाडौं सीडीओ कार्यालय काठमाडौं लगिएको छ । सिडीयो कार्यालयबाट अहिले नै छुटाउन डीआजी पोखरेल सक्रिय भएका छन् । 

    प्रहरीले कमलादीस्थित गणगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

    उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन काम रकमा बारामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेक्का मध्ये अशोककुमार अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

    जुवाखालबाट पक्राउ परेका नन्दकिशोर शर्मा ज्योती लाइफ इन्योरेन्सका अध्यक्ष हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् ।

    प्रहरी स्रोतका अनुसार बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी पोखरेलको उठबस रहँदै आएको छ। उनले एनआईसी बैंकबाट सहयोग लिएर राहत समेत बितरण गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार