काठमाडौ, १९ जेठ । गृहमन्त्रालयले सोमबार ४४ उपसचिवको सरुवा गरेको छ । केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सहायक प्रजिअमा पठाइएको छ । सहायक प्रजिअलाई प्रजिअका रुपमा खटाएको छ । सरुवा हुनेहरुमा लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको दार्चुलाका प्रजिअ यदुनाथ पौडेललाई धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । सरुवा हुनेहरुमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेललाई दार्चुलाको प्रजिअमा सरुवा गरेको छ ।
हेर्नुहोस् सरुवा हुनेको सुची ः