Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कर्णाली प्रदेशका थप ४३ जनामा देखियो कोरोना भाइरस संक्रमण


    सोमबार, जेष्ठ १९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेपालमा कोरोना संक्रमणको रफ्तार तीव्र बन्दै गएको छ । सोमबारमात्रै कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । संक्रमितमा जुम्लाका २ प्रहरी पनि छन् । संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    संक्रमितहरु जुम्लाको हिमा गाउँपालिका र संजा गाउँपालिका हुन् । दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका र दुल्लु नगरपालिका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार