Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब ग्राहक आफैले अनलाइनबाट बिद्युत् मिटर रिडिङ गर्न सक्ने


    सोमबार, जेष्ठ १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं , १९ जेठ । देशभर जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटर आफै रिडिङ गर्न पाउने व्यवस्था गरेको छ ।
    प्राधिकरणले गरेका सो व्यवस्थाअनुसार उठेको विद्युत् खपतको अंक ग्राहक आफैंले राख्न पाउने व्यवस्था गरेको हो । इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल फ्री नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने प्राधिकरणले जनाएको छ । यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेस बारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी  (https://consumer.nea.org.np)टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहिलो पटक रजिस्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नुपर्ने छ ।

    पहिलोपल्ट लगइन गरिसकेपछि रजिस्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइनगर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम क्लिक गरी खुल्ने कन्जुमर रजिस्ट्रेशन फारममा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्ने छ । पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्नेछ । मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युत्को महसुल देखाउने छ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमति प्राप्त सेवाप्रदायकमार्फत तिर्न सकिने छ ।
    ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदी हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ । प्राधिकरण कम्प्युटराइज्ड विलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिष्टे«सन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत् मिटरमा चढेको अंकप्रणालीमा राखि समयमै रिडिङ गराई अनलाइनमार्फत महशुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।
    प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत् महशुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल ७ लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महशुल भुक्तानी गर्दै आएका छन् ।

    electrik.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार