Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङका कोरोना संक्रमितमा देखियो डेङ्गु


    सोमबार, जेष्ठ १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तुलसीपुर,१९ जेठ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

    कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ । चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ । यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियोे । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार