Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक सम्पन्नः लकडाउनको अवधि जेठ ३२ गतेसम्म लम्ब्याइयो


    शनिबार, जेष्ठ १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाढौं । मन्त्रिपरिषद आज साँझ बसेको बैठकले आगामी जेठ ३२ सम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले लकडाउन जेठ ३२ सम्म बढाएको हो ।

    भारतमा आन्तरिक उडान खुला गरिसकेको छ । होटलसम्म खोलिसकेको छ । तर नेपालमा भने लकडाउन थप बढाइएको छ । यसअघि लकडाउनको अवधि जेठ २० गतेसम्म थियो ।

    सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टिनमा राखेर मात्र जिल्ला जिल्लामा पठाउने योजनामा सरकार छ । क्वारेन्टिनमा खाने बस्ने खर्च विदेशबाट आउनेले नै बेहोर्नुपर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार