सुर्खेत । कोरोना भाइरस संक्रमणका कारण दैलेखमा एक युवकको मृत्यु भएको छ । दैलेखको दुल्लुमा रहेको विद्युत प्राधिकरणको कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान ती युवाको मृत्यु भएको थियो । मृत्यु भएका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मृत्यु भएका दुल्लु–११ का ३५ वर्षीय पुरुष हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । मृतृक पुरुष १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यो घटनापछि नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।