Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली काङ्ग्रेस रत्ननगरको सभापतिमा प्रल्हाद सापकोटा बिजयी


    आइतबार, असार १३ २०७८
    1K
    Shares
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रत्ननगरको सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन् ।

    सभापतिमा विजयी सापकोटा पार्टी सभापित शेरबहादुर देउवा पक्षका हुन् । सापकोटाले २४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुपनारायण घिमिरेले १६८ मत प्राप्त गरे। 

    उपसभापतिमा अपिल अधिकारी २४८ र कमलनाथ अधिकारीले २०० मत प्राप्त गरी विजयी भए ।

    यस्तै, सचिवमा अनिता अर्यालले २५९ मत पाउँदा तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरे।  यसैगरी, सहसचिवमा रामचन्द्र पौडेलले २०५ मत र अमृत मल्लले १९४ मत प्राप्त गरी विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार