Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चट्याङ लागेर दुईको मृत्यु


    शनिबार, जेष्ठ १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा, १७ जेठ । चट्याङ लागेर हिजो दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।

    घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिनुभयो । रोल्पामा यसअघि पनि हालै दुईको चट्याङ लागेर मृत्यु भएका थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार