Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेटले उखु किसानमा खुशी छायो


    शुक्रबार, जेष्ठ १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौँडा, १६ जेठ । नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले हिजो २०७७/७८ का लागि प्रस्तुत गर्नुभएको बजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका छन् ।

    बाराका उखु किसान रामबालक यादवले नगदे बालिका रुपमा उखु विकासका लागि सरकारले ध्यान दिएकामा खुशी व्यक्त गर्दै कार्यान्यनमा जोड दिन आग्रह गर्नुभयो । त्यस्तै सर्लाहीका किसान एवं प्राध्यापक विद्यानाथ झाले बेरोजगारी समस्या समाधान गर्न त्यसमा चिनीको समस्या समाधान गर्न उखुको खेती विकास आवश्यक रहेको बताउनुभयो । उहाँले उखु मिलको क्षमता विस्तार तथा प्राविधिकयुक्त खेती आवश्यक रहेको बताउनुभयो ।

    हेटौँडाका प्राध्यापक एवं समाजसेवी दामोदर गैरेले कृषि तथा उद्योगका विकासमा सरकारले आज दिएको वक्तव्य समग्रमा व्यवहारिक रहेकाले त्यसको कार्यान्वयन गनुपर्नेमा जोड दिनुभयो । नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती हुने गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार