Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहलाई झुक्याएर ३ डीएसपीको काज सरुवा


    बिहिबार, जेष्ठ १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले बिहीबार ८४ डीएसपीको पदस्थापन तथा सरुवा गरेको छ । नयाँ बढुवा भएका ६० को पदस्थापन गरेको छ भने २४ जनाको सरुवा गरेको छ । तर आजै ८४ डीएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले साँझ पुनः ३ डीएसपीको काजसरुवा निकालेको छ । काजसरुवा भएका डीएसपीहरुमा विश्वराज खड्का इलाका प्रहरी कार्यालय गजुरी धादिङ, दीपक श्रेष्ठ इलाका प्रहरी कार्यालय सिमरा र नरेश सिंह इलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरी छन् ।आइजीपी ठाकुरप्रसाद ज्ञवालीले गृहमन्त्रालयलाई थाहै नदिई ३ डीएसपीको काजसरुवा निकालेको स्रोतको दाबी छ । केही घन्टाअघि भएको सरुवामै उनीहरुको नाम नहाली पुनः काजसरुवा गरिएको छ । 

    त्यस्तै, आज सरुवा हुनेहरुमा डीएसपी रोशन खड्का महानगरीय प्रहरी बृत्त महाराजगंज, दक्षकुमार बस्नेत बानेश्वर छन् । खुमलाल भूसाल महानगरीय बृत्त मालीगाउँ(कमलपोखरी)मा सरुवा भएका छन् । ठिमीका ऋषिराम कँडेल र सोह्रखुट्टे बृत्तका दीपक खड्काको दरबन्दी कायम गरिएको छ । रोशन खड्का यसअघि सोह्राखुट्टे बृत्तमा सरुवा हुने चर्चामा थिए । उनले महाराजगंज पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार