काठमाडौं । नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएपछि सकारी निशान छाप फेर्नका लागि बुधबार संविधान संशोधनका लागि प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको थियो । तर संविधान संशोधनको लागि राखिएको कार्यसूची नै प्रतिनिधिसभाबाट हटाइयो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन केही दिनपछि गर्न आग्रह गरेपछि बुधबार कार्यसूचीबाट उक्त प्रस्ताव नै हटाइएको थियो । सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने भनेपछि संविधान संशोधन बुधबार प्रतिनिधिसभामा भएन ।
देउवाले केन्द्रीय कमिटी बैठन नै नराखी पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्य एक्लौटी मनोनयन गरेका छन् । तर सीमाको बिषयमा भने केन्द्रीय समिति बैठक राख्नुपर्ने भनेर संविधान संशोधन प्रस्ताव केही दिनपछि मात्र संसदमा ल्याउन आग्रह गर्नुका पछाडि पार्टीभित्रका भारतपरस्त नेताहरुको प्रभाव परेको आँकलन पनि गरिएको छ । कांग्रेस उपसभापति तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका विमलेन्द्र निधिले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्साको बिषयलाई नाटक मन्चनको संज्ञा दिएका थिए । जेठ ६ र ७ गते बसेको प्रतिष्ठानको भर्चुअल बैठकमा उनले ओली सरकारले राष्ट्रियताको नाममा नाटक मन्चन गरेको आरोप लगाएका थिए ।
ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले गएको कात्तिक १६ मा एकतर्फी नक्सा सार्वजनिक गर्यो । कोरोना महामारीका बीचमा मानसरोबर जाने सडक उदघाटन गर्यो । यसरी नेपाली भूमि बलात् अतिक्रमण भएको बिषयमा पनि भारतकै पक्षमा बोल्ने काम कांग्रेस उपसभापति निधिले गरेका छन् । अर्का भारतपरस्त विवादित सांसद अमरेशकुमार सिंहसहितको दबाबमा देउवाले सर्वदलीय बैठकमा संविधान संशोधनको प्रस्ताव संसदमा केही दिन पछि मात्र ल्याउनुपर्ने प्रस्ताव गरेका थिए ।
निधि र अमरेशकुमार सिंहले भारतीय राजदूत विनय क्वात्रासँग पनि भेटघाट गरेको बिषय बाहिर आइसकेको छ । भारतीय दूताबासले संसदबाट संविधान संशोधन हुन नदिनका लागि सबै शक्ति परिचालन गर्दैआएका छन् । बुधबारका भारतीय मिडियाले नेपाली कांग्रेसका कारण संसदबाट संविधान संशोधन प्रस्ताव फिर्ता भएको समाचार प्राथमिकतासाथ प्रशारण गर्दैआएका छन् । त्यसले नेपाली कांग्रेस जनताका नजरमा झन् बदनाम हुन पुगेको छ । सीमाका बिषयमा संविधान संशोधन गर्न कांग्रेसका कारण ढिलाइ भएको कुरा बाहिर आएपछि युवानेता गगनकुमार थापाले सामाजिक संजालमा असन्तुष्टी प्रकट गरेका छन् ।
संविधान संशोधन गर्न दुईतिहाईका लागि ४ जना नपुग
संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ, नेकपा एक्लैसँग दुई तिहाई छैन । नेकपालाई दुई तिहाईका लागि ६ सांसद जुटाउनुपर्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका ८३ सांसदमा विजय गच्छदार भ्रष्टाचार आरोपमा निलम्बनमा छन् । अफ्ताव आलम कर्तब्यज्यान मुद्दामा जेलमा छन् । जनता समाजवादी पार्टी(तत्कालीन राजपा)का रेशम चौधरी पनि टीकापुर काण्डमा जेल संजाय भुक्तान गरिरहेका छन् ।
तत्कालीन समाजवादीका हरिनारायण रौनियार पनि भ्रष्टाचार मुद्दा दायर भएकाले निलम्बनमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक मत बाहेक हाल्न पाउँदैनन् । प्रतिनिधिसभामा बहाल रहेका २७१ सांसदमध्येको दुईतिहाई १८० हुन्छ । जसमा नेकपासँग १७४, राप्रपाका राजेन्द्र लिङ्देन र मसालका दुर्गा पौडेलले समर्थन गर्दा १७६ हुनेछ । दुई तिहाईका लागि नेकपालाई ४ सांसद अपुग हुनेछन् । जसका लागि नेपाली कांग्रेस वा जसपाको समर्थन लिनैपर्ने हुन्छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend