काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सीमाका बिषयमा संविधान संशोधन गर्नका लागि राखेको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सर्तमाथि सर्त राखेका छन् । भारत आफूले अतिक्रमण गरेको भूभागको नक्सा जारी गरेकोमा ओलीसँग रुष्ट छ । र, संसदबाट उक्त नक्सा अनुमोदन हुन नदिने अन्तिम चलखेलमा छ ।
भारतले जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईजस्ता पात्रहरु परिचालन गरी संविधान संशोधन रोक्ने प्रयास गरेको छ । भारतले परिचालन गरेका पात्र बाबुरामले मंगलबारको बैठकमा सीमा अतिक्रमणको कुरामा भन्दा जातजातिको कुरा उठाएर बिषयान्तर गरेका थिए । ठूल ठूला निर्णय मनमौजी गर्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाका बिषयमा भने केन्द्रीय समिति बैठक राख्नुपर्ने भएकाले केही दिन पर्खिन अनुरोध गरेका थिए । तर भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकाले त्यसलाई समेटेर सरकारले जेठ ६ मा नक्सा जारी गरेको छ ।
सरकारले जारी गरेको त्यो नक्सा समावेश गरी निशान छाप फेर्नका लागि संसदबाट अनुमोदन गराउनुपर्छ । संसंदमा निशान छाप फेर्ने प्रस्ताव दर्ता भइसकेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर छलफल गरी सर्वसहमति जुटाउने प्रयास गरेका थिए । तर सर्वदलीय बैठकमा सीमाको बिषयमा एकमत हुनुपर्नेमा डा. भट्टराईले सर्तमाथि सर्त राखेका थिए ।
मंगलबारको बैठकमा भट्टराईले संविधान संशोधन बहुमतबाट होइन सर्वसम्मतिबाट गर्नुपर्छ, ‘त्यसनिम्ति संविधान जारी हुने बेलादेखि नै असहमति राख्दै आएका मधेसी, थारू, आदिवासी जनजातिलगायत सबैको विश्वास जित्नुपर्छ ।’
बाबुरामले एसएसपी सहित ५ जना प्रहरीलाई टीकापुरमा भालाले रोपेर मारेको आरोपमा जेलमा संजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई पनि छाड्नुपर्ने सर्त राखेका छन् । नेपाललाई फिजी बनाउने ढंगले राखेको संविधान संशोधन प्रस्तावलाई पनि प्याकेजमा संशोधन गर्ने सर्त राखेका छन । त्यसो त बाबुरामले जनता समाजवादी पार्टीको घोषणापत्रमा बहुराष्ट्र जस्तो देशद्रोही कुरा पनि राखेका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend