काठमाडौं । कोरोना महामारीसँग जुध्न सबै सरकारी निकायहरु चुस्त र प्रभावकारी हुनैपर्ने कुरा प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उल्लेख गरेका छन् । उनले सम्बोधनका क्रममा भनेका छन्–‘समयको चुनौती सामना गर्न नसक्ने कुनै पनि संरचनाको नेतृत्वको तत्काल पुनव्र्यवस्था गरिने छ । राष्ट्रिय सङ्कटको यस घडीमा खेलेको भूमिकालाई नै सम्बन्धित व्यक्तिको मूल्याङ्कनको मुख्य आधार बनाउँदै दण्ड र पुरस्कारको व्यवस्था गरिने छ ।’
प्रधानमन्त्रीले समयको चुनौतीसँग सामना गर्ननसक्नेको पुनब्यर्वस्थापन गर्ने र गर्नेलाई पुरस्कृत गर्ने भने पनि त्यो ब्यवहारमा कार्यान्वयनमा आउन सकेको अनुभूति नागरिकले गर्नसकेका छैनन् । चैत ११ देखि देशमा लकडाउन घोषणा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन ।
लकडाउनका बीचमा तराईका जिल्लाबाट काठमाडौं आवजावत रोकिएन । गोकर्णेश्वरमा भैरहवाबाट आएका ब्यक्तिमा कोरोना देखियो भने बुढानीलकन्ठ कपनको तेन्जिङ चोकमा सर्लाही रामनगरबाट आएकी १८ बर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भयो । यी दुई प्रतिनिधि उदाहरण हुन्, लकडाउनमा तराईका जिल्लाबाट ह्वारह्वार्ती काठमाडौं प्रवेश गर्दा पनि रोक्न सरकारी निकायले सकेनन् । यसरी लकडाउनमा मानिसहरु कसरी काठमाडौं आए, त्यसको जिम्मेवार को हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेल कि गृहमन्त्री रामबहादुर थापा बादल ?
प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीले पनि आफ्नो जिम्मेवारी पूरा गरेको देखिएन । भारतसँग सीमा जोडिएका १ नम्बर प्रदेश, २ नम्बर, ५ नम्बर र सुदूर पश्चिम प्रदेशका सरकारले भारतबाट आएका नेपालीलाई सीमामा कोरोना परीक्षण गराउँदै कुन जिल्ला, स्थानीय तह हो, त्यस निकायसँग समन्वय गरी पठाउने दायित्व पूरा गर्न सकेनन् । फलस्वरुप प्रायः सबै जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिन पुगेको छ । ती प्रदेशका मुख्यमन्त्री, मन्त्रीले आफ्नै प्रदेशका नागरिकलाई समेत ब्यवस्थित रुपमा सीमाबाट पठाउने ब्यवस्था गर्न सकेनन् । जसका कारण भारतबाट आएकाहरुका कारण गाउँ गाउँमा कोरोना फैलिन पुगेको छ ।
प्रधानमन्त्रीले भनेअनुसार समयको चुनौती सामना गर्न नसक्नेमा प्रदेश सरकार र संघीय मन्त्रालयहरूको नेतृत्व पनि उत्तिकै दोषी मानिनुपर्ने हुन्छ । समयको चुनौती सामना गर्न नसक्नेहरुको प्रधानमन्त्रीको भनाइ अनुसार मूल्यांकन र पुनव्र्यवस्था हुन आवश्यक छ । उनको भनाइ अनुसार समग्र सरकारकै मूल्यांकनमा पनि यो कुरा लागू हुने भएकाले प्रभावकारी र परिणाममुखी काम अपेक्षा नागरिकले गरेका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend