काठमाडाैं । नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
उनले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको बताए । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गरे ।
एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाए ।
“संसद्मा विचाराधीन कैयौँ विधेयकको टुङ्गो लगाउनुपर्ने र जनसरोकारका कैयौँ विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ,” उनले भने, “यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताबमोजिम समेत छैन ।”
बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको जानकारी पनि दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend