Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजेश झालाई हटाएर प्रदेश २ काे प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरियाे


    मंगलबार, भाद्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

    राष्ट्रपतिको कार्यालयले एक सूचना जारी गर्दै  मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको बारे जानकारी गराएको छ । 

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ’ – राष्ट्रपतिको कार्यालयले सूचनामा भनेको छ । 

    प्रदेश प्रमुख राजेश झालाई पद मुक्त गरेसँगै मिश्रलाई नियुक्त गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजेश झा हटाएर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो ।  

    1629183624-wLJdz.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार