Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटार पुगेर देउवालाई महन्थले भने – ‘चाँडो दल विभाजन गर्ने अध्यादेश ल्याउनुस्’


    मंगलबार, भाद्र १ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    शेरबहादुर देउवालाई भेट्न ठाकुरसहित अन्य ३ जना नेता पनि गएका थिए । भेटमा ठाकुरले देउवासमक्ष चाँडो दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गरेको बताइएको छ ।

    जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेका ठाकुरले शेरबहादुर देउवालाई यस्तो आग्रह गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार