Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानका राष्ट्रपति देश छाडेर भागेपछि कमल थापाले भने – ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ


    सोमबार, साउन ३२ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् । 

    आइतबार तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि राष्ट्रपतिले देश छोडेर भागेको बिषयलाई लिएर अध्यक्ष थापाले सोमबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन् ।

    उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’

    १९९४ मा ५० जना विद्यार्थीहरुको साथ पाएर सुरुवात भएको तालिवानले आज अफगानिस्तानमा सत्ता कब्जा गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार