Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ल हेर शंकर पाेखरेलकाे चर्तिकला !’


    शुक्रबार, साउन २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल। वरिष्ठ लेखक एवं नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नैतिकतामाथि प्रश्न गरेका छन् ।

    मुख्यमन्त्री एवं नेकपा एमालेका नेता पोखरेलले आफ्नो पक्षमा बहुमत पुर्‍याउन प्रदेशसभा सदस्य बिमला वलीलाई ‘अपहरण’ गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले उनको नैतिकता र नियमतमाथि प्रश्न उठाएका हुन्।

    पछिल्लो केही दिनदेखि सम्पर्कविहीन भएकी खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमालेमा हस्ताक्षर गर्न लागेको बताएकी थिइन्। 

    यस्तै बिषयमा कटाक्ष गर्दै लेखक संग्रौलाले सामजिक संजालमार्फत् लेखेका छन्, ‘ल हेर शंकर पाेखरेलकाे चर्तिकला ! लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्। शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन् ?’

    यता सांसद वलीले आफूलाई ‘बन्धक’ बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको आराेप लगाए लगत्तै  प्रदेश सभाका मुख्य सचेतक भूमिश्वर ढकालले उनकै राजीखुसीमा दाङबाट मुख्यमन्त्री  शंकर पोखरेलको निवासमा पुर्‍याएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार