Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाबारे सामाजिक सञ्जालमा भिडियो राख्न बन्द गरौं : महामन्त्री खड्का


    शुक्रबार, साउन २२ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबारे बनाइएका भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका छन्।

    महामन्त्री खड्काले प्रधानमन्त्री देउवाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिने गरेकोमा बन्द गर्न आग्रह गरेका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्री देउवाकै अनुमतिमा उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियो बनाएर बाहिर ल्याउन थालेको थियो।

    ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताका बीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा सामाजिक सञ्जालमार्फत् सुरू गरिएको भिडिओ गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु,’ बिहीबार  राती सामाजिक संजालमा खड्काले ट्वीट गरेका छन्। 

    यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अहिले राम्रो काम गर्ने बेला भएको भन्दै देउवा सचिवालयलाई भिडियो बनाउन भन्दापनि राम्रो सल्लाह दिन ध्यानाकर्षण गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार