Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमन्त्री बन्ने गगन थापाकाे इच्छा, भन्छन्- प्रधानमन्त्रीले चाहे सम्भव छ


    बुधबार, साउन २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई फेरि स्वास्थ्यमन्त्री बन्ने इच्छा भएकाे बताएका छन् ।

    थापाले देश कोरोना महामारीसँग लडिरहदाँ पनि देशले स्वास्थमन्त्री पाउन नसकेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू फेरि स्वास्थ्यमन्त्री बन्न तयार भएकाे बताएका हुन् । 

    ‘प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे स्वास्थ्यमन्त्री बन्न तयार छु ।’ थापाले भने, तर, गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिने 

    उनले भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ ।’

    नेता थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएसँगै केही दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले सदस्यता विवाद देखाएर महाधिवेशन सार्न नहुने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार