काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।