Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी एकताको पक्षमा अखिल फोर्सको शक्ति प्रदर्शन 


    शनिबार, साउन १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव नेपाल समूह निकट अनेरास्ववियुले गठन गरेको अखिल फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अखिल फोर्सले निकालेको आजको र्यालीमा उल्लेख्य युवा विद्यार्थीको सहभागिता रहेको छ ।

     भृकुटीमण्डपबाट सुरु भएको अखिल फोर्सको मोटरसाइल र्याली बबरमहलस्थित कार्की ब्याङक्वेटमा पुगेको छ । भेलालाई एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । र्यालीका सहभागीले पार्टी एकताको पक्षमा नारा लगाएका थिए ।

    पार्टी एकताको सम्भावना र  आफ्नो समूहको भावी कार्यदिशाबारे बरिष्ठ नेता नेपालले कार्यकर्तालाई बिशेष सम्बोधन गर्नेछन् । ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि नेपाल निकटहरुले अखिल फोर्स ब्यूँताएका हुन् । अखिल फोर्सको रयालीको नेतृत्व अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, फोर्सका अध्यक्ष टपेन्द्रजंग शाही लगायतले गरेका छन् । 

    युथफोर्सले पार्टी एकता बिरोधी नाराबाजी गर्ने र बरिष्ठ नेताको पुतला दहनदेखि सबयात्रा र बाँदर जुलुस निकाल्नै संस्कारहीन काम गरेको थियो । तर अखिल फोर्सले भने पार्टीका कुनै पनि नेताका बिरुद्ध अभद्र नारा लगाएको छैन । पार्टी एकताको पक्षमा सहभागीहरुले संयमित भएर नारा लगाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार