Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा संसदीय दलको नेताको चुनाव आज हुने


    शनिबार, साउन १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले आज  संसदीय दलको नेताको छान्ने भएको छ । आज दलको नेता चयन गर्न सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बसेको जसपाका नेता महेन्द्र राय यादवले जानकारी दिए। 

     गत विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको थियो।निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।

    निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता यादवले जानकारी दिए। दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार