काठमाडौं । नेकपा एमाले पार्टीमा आन्तरिक विवाद समाधान गरेर अघि बढने गरी छलफल भइरहँदा माधवकुमार नेपाल समूहलाई देउवा सरकारमा सहभागी हुन दबाब परेको छ ।
बुधबार बिहान बसेको गठबन्धन बैठकमा नेपाल समूहको प्रतिनिधित्व गरेर सहभागी भएका डा. विजय पौडेलले तत्काल आफूहरु सरकारमा सहभागी नहुने बताएसँगै नेपाल समूहका नेताहरुले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।
बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा बसेको नेपाल समूहको बैठकमा सहभागी अधिकांश नेताहरुले देउवा सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।
सरकार सहभागी हुन आफ्नै नेताहरुको दबाब परेको नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने गरी तयारी गरेको छ ।
पार्टी एकताका लागि वार्ता भइरहेका बेला नेपाल समूहले ओली समूहका सांसदहरुलाई आफूतिर तानेर बहुमत पुर्याउने रणनीति लिएको छ । ओलीलाई संसदीय दलबाट हटाउने तयारी गरिरहेको नेपाल समूहका एक नेताले जानकारी दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend