Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय


    मंगलबार, साउन १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेशको प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

    माओवादी केन्द्रको केन्द्रिय कार्यलयका सचीव श्रीराम खनालका अनुसार अाज आकस्मिक बैठकले प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

    ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार