Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद नरमायाले राजेन्द्र महतोलाई छाड्नुको कारण खुल्यो, दाजुलाई पशुपति कोषमा निरन्तरता दिने सर्त


    मंगलबार, साउन १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले समानुपातिक सांसदमा मनोनीत गरेकी नरमाया ढकाल(प्रज्ञा) उपेन्द्र यादवतिर लागेकी छन् । जग्गा कारोबारमा अकूत सम्पत्ति कमाएपछि उनलाई सांसद हुने रहर जागेको र महतोले उनको त्यो रहर पूरा गरिदिएका थिए । महतोलाई सहयोग गरी उनी सांसद भएकी थिइन् । महतोले सांसद बनाए पनि उनले त्यो गुन बिर्सिएर धोका दिंदै उपेन्द्र यादवतिर लागेकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जसपा सहभागी हुँदैछ । नरमायाले जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष पशुपति विकास कोष संचालक परिषदका सदस्य सचिव प्रदीप ढकालको म्याद सकिन लागेकाले उनलाई निरन्तरता दिने सर्त राखिन् । यादवले ढकाललाई निरन्तरता दिने सर्त स्वीकार गरेकाले उनले महतोलाई छाडेर उपेन्द्र यादवलाई साथ दिन पुगेको स्रोतले बताएको छ । कोषका सदस्य सचिव प्रदीप ढकाल सांसद नरमायाका सहोदर दाजु हुन् ।

    पशुपति विकास कोषका सदस्य सचिव ढकालको पदावधि २०७८ साउन ३० मा सकिंदैछ । उनलाई २०७४ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको समयमा तत्कालीन पर्यटन मन्त्री जितेन्द्र देवले नियुक्त गरेका थिए । बिजय गच्छदारलाई आकर्षक भेटीघाटी बुझाएर ढकाल पशुपति विकास कोषको सदस्य सचिव नियुक्त भएको चर्चा भएको थियो ।

    ४ वर्षसम्म कोषको सदस्यसचिवका रुपमा ढकालले उल्लेखनीय केही काम नगरे पनि आर्थिक संकलन भने राम्रै गरेका छन् । बालुवाको ठेक्का दिलाइदिउँला भन्दै विभिन्न ठेकेदारसँग अग्रिम पेस्की लिएपनि मिलाउन नसकेपछि कतिपयले उनको कार्यकाल सकिन लाग्दा फिर्ता माग्न थालेका छन् । त्यसैकारण उनी अहिले मोबाइलसमेत अफ गरी गोप्य नम्बर लिएर बसेका छन् ।

    पशुपतिमा लाइटिङदेखि सुनको जलहरी लगाउने सम्मको कार्यमा ठूलो आर्थिक चलखेल भएको छ । भारतले बनाइदिएको धर्मशाला आनन्द बतासलाई होटल चलाउन दिएवापत पनि ढकालले कुस्त लाभ लिएको स्रोत बताउँछ ।

    ढकालसहित कोषका पदाधिकारीले जलहरीका लागि १०८ किलो सुन आएकोमा ९९.५ किलो खपत भएको थियो । बाँकी ९ किलो सुनको बारेमा पारदर्शीता नभएकाले कोषका सदस्यहरुले अख्तियारमा उजुरी हालेपछि सदस्यसचिव ढकालले मुचुल्का उठाएर सुरक्षाकर्मीको रोहवरमा उक्त सुन राखिएको जानकारी दिएका थिए । एक हप्ता अगाडि पशुपति विकास कोषको कार्यालयमा अख्तियारले छापा हानेको थियो ।

       पशुपति मन्दिर परिसरमा थ्रिडी लाइट राख्नुपर्नेमा नराखेको आरोप ढकालमाथि छ । उनले पुरातत्वबाट सहमति पनि नलिई लाइटिङको काम गरेका थिए । लाइट जडानमा २ करोडभन्दा बढी घोटाला भएको स्रोतले बताएको छ । स्रोतका अनुसार ढकालले परामर्श र ठेक्कापट्टाका काममा आशिष प्रसाईंलाई परिचालन गरी लाभ लिने गरेका छन् ।

    वेवसाइट बनाउने, सीसी क्यामेरा फिट गर्ने ठेक्का पनि तिनै प्रसाईंलाई दिइएको छ । ५ लाखमा पुरा हुने डीपीआरको २० लाखको बिल बनाएर प्रसाईंलाई भुक्तानी दिई भागशान्ति लिने गरेका छन् । अख्तियारले छानबिन गर्ने हो भने ३ करोडभन्दा बढीको डीपीआरको काम प्रसाईलाई दिइएको भेटिने छ ।  प्रसाईं पशुपति विकास कोषका कर्मचारी होइनन्, तर दिनभरी कोषका सदस्यसचिव ढकालको कार्यकक्षमा भेटिन्छन् । उनलाई कोषका कर्मचारीहरु छाया सदस्यसचिवको संज्ञा दिन्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार