काठमाडौं । नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाले प्रदेश २ का राजेश अहिराज, गण्डकी प्रदेशका सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई बर्खास्त गर्न लागेका हुन् ।सम्भवतः आजै मंगलबार बर्खास्त गर्ने तयारी गरेका छन् । उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने तयारीमा सत्ता गठबन्धनका नेताहरु छन् ।
यसअघिका प्रधानमन्त्री केपी शर्माा ओलीको सिफारिसमा तिलक परियारलाई हटाएर राजेश झा अहिराजलाई प्र्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरिएको थियो । गण्डकीका अमिक शेरचन र सुदूर पश्चिम प्रदेशका शर्मिला त्रिपाठीलाई हटाएका थिए । गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्ति गरिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले माओवादी पृष्ठभूमिका परियार, शेरचन र त्रिपाठीलाई हटाएका थिए । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ , नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी प्रदेश प्रमुख हेरफेर गर्न लागेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend