Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल


    मंगलबार, साउन १२ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाकाे अनुसार प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड मंगलबार  बिहान बालुवाटार पुगेका थिए । 

    प्रचण्ड  र देउवाबीचकाे भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्राेतले बताएकाे छ ।  

    काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार