Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविन्द्र मिश्रको ‘धारणा’ संविधानविरुद्ध रहेको आदिवासी जनजाति महासंघको ठहर (विज्ञप्तिसहित)


    मंगलबार, साउन १२ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गरिनुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको धारणामाथि नेपाल आदिवासी जनजाति महासंघले विरोध जनाएको  छ। 

    सोमबार अध्यक्ष मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने आवाज उठापछि उनको अभिव्यक्ति  राष्ट्रियता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ। 

    अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे धारणा सार्वजनिक गरेकै दिन महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी विरोध गरेका हुन्। 

    अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने किसिमको भएको महासंघको ठहर छ। 

    यस्ता राष्ट्रियता र संविधानविरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ। 

    a.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार