Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धर्मनिरपेक्षता, संघीयता खारेजी र जनमत संग्रहबारे सामाजिक सञ्जालमा मच्चियो खैलाबैला, रविन्द्र मिश्र तनावमा !


    मंगलबार, साउन १२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। वरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले एका बिहानै गरेको एक ट्वीटले सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको छ ।

    लेखक संग्रौलाले एकाबिहानै ट्वीट गरेर विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई राप्रपा अध्यक्ष कमल थापाको राजावादी पार्टीमा प्रवेश गर्न सुझाब दिएसँगै सामाजिक सञ्जालहरुमा खैलाबैला मच्चिएको हो। 

    अध्यक्ष मिश्रले सोमबार मात्रै संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका थिए। मिश्रको सो अभिव्यक्तिप्रति कटाक्ष गर्दै संग्रौलाले मिश्रलाई नै झस्काउने गरी यस्तो सुझाव दिएका हुन् ।

    संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि।’

    यता, पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मिश्रको सो धारणापछि युवाहरु सचेत हुनुपर्ने प्रतिक्रिया जनाएका छन् ।

    ‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन, भट्टराईले लेखेका छन्। 

    उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!’

     

    यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले पनि मिश्रपछि कटाक्ष प्रकट गर्दै मिश्रकाे वैकल्पिक राजनीति गणतन्त्र र धर्मनिरपेक्षताकाे विपक्षमै उभिएको उल्लेख गरेका छन् भने, अध्यक्ष मिश्र जन्मजात नै राजतन्त्र र हिन्दुराज्यका हिमायती रहेको थापाको भनाइ छ। 

    के भनेका थिए मिश्रले ? के थियो मिश्रको धारणा ? हेर्नुहोस् पूर्णपाठ :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार