Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • रविन्द्र मिश्रका कारण कमल थापालाई मिल्यो ठूलो सफलता, भन्छन्- अब त आत्मविश्वास झनै बढ्यो


    मंगलबार, साउन १२ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफूलाई सफलता हात परेको बताएका छन् । 

    सोमबार विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने आवाज उठाउनुलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । 

    अध्यक्ष थापाले विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उल्लेख गरेका छन्। 

    सोमवार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले संघीयताको खारेजी, धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक रहेको बताएका हुन् ।

    उनले लेखेका छन्,‘संघीयताको खारेजी,धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।
    हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदैछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार