Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेशम चौधरीले भने- पक्ष र विपक्षको सनाखत गर्न मेरो नैतिकताले दिएन


    सोमबार, साउन ११ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) काे आन्तरिक विवादमा कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आफू तटस्थ बसेको जानकारी दिएका छन् ।

    उनले जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए । उनले भने ‘मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’ 

    महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । 

    ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य मध्य उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । 

    आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै चौधरीले आफ्नो रिहाइबारे पनि राजनीतिक वक्तव्य दिएका छन् ।

    राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’

    कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’

    अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’

    आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार